मंगलवार, कार्तिक ३,२०८३ 03:16:58
  • मंगलवार, कार्तिक ३,२०८३ 03:16:58
Global IME Bank Limited

एनएमबि क्यापिटलद्वारा साधारण सभा आह्वान, १७% नगद लाभांश पारित गरिने

Bizshala
एनएमबि क्यापिटलद्वारा साधारण सभा आह्वान, १७% नगद लाभांश पारित गरिने
New Office

काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं साधारण सभा डाकेको हो ।  

उक्त सभा मंसिर १७ गते काठमाण्डौको लाजिम्पाटमा रहेको दुषित प्रिन्सेसमा दिनको साढे ३ बजेदेखि सुरु हुनेछ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशत कर सहित नगद लाभांश(कर समेत) प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८१/८२ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालकहरुको बैठक भत्ता वृद्धि, भ्रमण खर्च तथा दैनिक भत्ता पारित गरिनेछ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.