सोमबार, फाल्गुन ४,२०८२ 06:11:30
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 06:11:30
Bizshala
Global IME Bank Limited

अपर स्याङ्गे हाईड्रोपावरले कमायो ९.१६ लाख खुद नाफा, विद्युत बिक्री आम्दानी १९८% ले बढ्यो

अपर स्याङ्गे हाईड्रोपावरले कमायो ९.१६ लाख खुद नाफा, विद्युत बिक्री आम्दानी १९८% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ९ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ३२ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको विद्यु्त बिक्री आम्दानी वृद्धि भएको छ । कम्पनीले  विद्युत बिक्रीमार्फत कम्पनीले १ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९८.१८ प्रतिशतले बढी हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको वित्त खर्च ९५ लाख ८५ हजारबाट घटेर ७६ लाख ५६ हजारमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार १ करोड ७० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  २२ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ७ करोड ४३ लाख र कुल चालु दायित्व ८ करोड ९५ लाख रहेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.६७ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ९२.२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८६.३ रुपैयाँ र तरलता अनुपात ८३.०२ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.