काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु ,आवको पहिलो त्रैमासमा ३ करोड ९२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४३.०७ प्रतिशतले बढी हो ।
अघिल्लो आवमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो । आम्दानी बढेसँगै कम्पनीको नाफा समेत बढेको छ । कम्पनीले १ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८९.१६ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ८४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्म कम्पनीले १ करोड १८ लाख रुपैयाँ कुल सञ्चालन खर्च र १ करोड ६९ हजार रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ ।
कम्पनीको चुक्तापूँजी ५९ करोड ४९ लाख रुपैयाँ छ भने रिजर्भको आकार १६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.८० रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १२७.६० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६४.६७ रुपैयाँ, तरलता अनुपात २५.२८ प्रतिशत र मूल्य आम्दानी अनुपात ७२.११ गुणा कायम भएको छ ।

