आईतवार, फाल्गुन ३,२०८२ 10:22:04
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:22:04
Bizshala
Global IME Bank Limited

सिंगटी हाईड्रोपावरको आम्दानी र नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

सिंगटी हाईड्रोपावरको आम्दानी र नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ ।  सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा ०.२९ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनी ११ करोड २५ लाख खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत २५ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको कुल खर्च भने घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १४ करोड ७९ लाख रहेको कुल खर्च घटेर १४ करोड ८ लाखमा सीमित बनेको छ ।  

कम्पनीको सञ्चित नाफा १० करोड ७८ लाख रहेको छ । यस्तै कम्पनीले सेयर प्रिमियम शिर्षकमा २५ करोड ११ लाख रुपैयाँ छुट्टाएको छ । २६ करोड ५० लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ४८ करोड ६५ लाख रहेको छ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१५.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.३८ रुपैयाँ, तरलता अनुपात ०.५४ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.१८ गुणा र रिटर्न अन इक्विटी ३.४४ प्रतिशत रहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.