सोमबार, मंसिर ८,२०८२ 10:09:16
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 10:09:16
IME remit
Global IME Bank Limited

सिंगटी हाईड्रोपावरको आम्दानी र नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
सिंगटी हाईड्रोपावरको आम्दानी र नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ ।  सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा ०.२९ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनी ११ करोड २५ लाख खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत २५ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

CG Motors
New Office
Garima Development Bank

कम्पनीको कुल खर्च भने घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १४ करोड ७९ लाख रहेको कुल खर्च घटेर १४ करोड ८ लाखमा सीमित बनेको छ ।  

कम्पनीको सञ्चित नाफा १० करोड ७८ लाख रहेको छ । यस्तै कम्पनीले सेयर प्रिमियम शिर्षकमा २५ करोड ११ लाख रुपैयाँ छुट्टाएको छ । २६ करोड ५० लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ४८ करोड ६५ लाख रहेको छ ।    

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१५.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.३८ रुपैयाँ, तरलता अनुपात ०.५४ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.१८ गुणा र रिटर्न अन इक्विटी ३.४४ प्रतिशत रहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.