सोमबार, फाल्गुन ४,२०८२ 05:50:32
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 05:50:32
Bizshala
Global IME Bank Limited

न्यादी हाईड्रोपावर ७६.९७ लाख घाटामा, आम्दानीमा साढे १९% को गिरावट

न्यादी हाईड्रोपावर ७६.९७ लाख घाटामा, आम्दानीमा साढे १९% को गिरावट
Shivam Cement

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ७६ लाख ९७ हजार रुपैयाँबराबरको घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा ७५ करोड ७५ लाख रुपैयाँ थियो ।    

कम्पनीको विद्युत बिक्री आम्दानी १९.५८ प्रतिशतले घटेको छ । पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने यस्तो रकम २१ करोड १९ लाख थियो । कम्पनीले ३ लाख २९ हजार रुपैयाँबराबरको वित्त आम्दानी समेत गरेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च ७ करोड ४५ लाख रुपैयाँ र प्रशासनिक खर्च ७९ लाख ११ हजार रुपैयाँ रहेको छ ।    

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा १४ करोड २४ लाख रहेको वित्त खर्च घटेर ९ करोड ५७ लाखमा सीमित बनेको छ ।    

कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १५ करोड ८१ लाख र कुल चालु दायित्व २३ करोड ७१ लाख रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.५१ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६७.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७६.९४ गुणा कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.