मंगलवार, फाल्गुन ५,२०८२ 02:00:23
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 02:00:23
Bizshala
Global IME Bank Limited

आम्दानी घटेसँगै हिमालय उर्जाको नाफामा ४७% को गिरावट

आम्दानी घटेसँगै हिमालय उर्जाको नाफामा ४७% को गिरावट
Shivam Cement

काठमाण्डौ । आम्दानी घटेसँगै र खर्च बढेसँगै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.५५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    

कम्पनीको कुल आम्दानी २१.१८ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म १८ करोड ७८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको आम्दानी २३ करोड ८३ लाख रहेको थियो । कम्पनीको रोयल्टी खर्च ३७ लाख ५५ हजार रहेको छ । यस्तै प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च १ करोड ८५ लाखबाट बढेर ४ करोड ९१ लाख पुगेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यद्यपी कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा ५ करोड ६७ लाख रहेको वित्त खर्च ३ करोड ४८ लाखमा सीमित बनेको छ ।  

यो अवधिसम्म कम्पनीको रिजर्भको आकार भने १२ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

यस्तै कम्पनीको कुल चालु सम्पत्ति २९ करोड १९ लाख र कुल चालु दायित्व २ लाख ४४ हजार रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९३.९४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८३.५७ रुपैयाँ कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.