आईतवार, फाल्गुन ३,२०८२ 08:42:25
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:42:25
Bizshala
Global IME Bank Limited

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन करिब १४% ले बढ्यो, नाफा कति ?

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन करिब १४% ले बढ्यो, नाफा कति ?
Shivam Cement

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ अर्ब ५२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.९८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफामा समेत सुधार आएको छ । कम्पनीले यस अवधिसम्म १४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.८१ प्रतिशतले बढी हो । कम्पनीले गत आवमा १३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो अवधिमा कम्पनीले ७ अर्ब ३१ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवसम्म ६ अर्ब ३० करोड रुपैयाँबराबरको रहेको कुल खर्च बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।  

यस्तै कम्पनीको दाबी भुक्तानी पनि ५ अर्ब ४८ करोडबाट बढेर ६ अर्ब ५ करोड पुगेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले सेयर प्रिमियम शीर्षकमा २ करोड ७८ लाख रुपैयाँको व्यवस्था गरेको छ । अघिल्लो आवसम्म ५१ करोड १ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर ६३ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ६८ करोड १३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.११ गुणा कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.