आईतवार, फाल्गुन ३,२०८२ 08:38:49
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:38:49
Bizshala
Global IME Bank Limited

दायित्व बढ्दा एनएलजी इन्स्योरेन्स रु.१०.१० करोड घाटामा, रिटर्न क्षमता समेत ऋणात्मक

दायित्व बढ्दा एनएलजी इन्स्योरेन्स रु.१०.१० करोड घाटामा, रिटर्न क्षमता समेत ऋणात्मक
Shivam Cement

काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले १० करोड रुपैयाँ भन्दा बढी घाटा ब्यहोरेको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनी १० करोड १० लाख रुपैयाँ घाटामा देखिएको हो ।  

गत आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । जेनजी आन्दोलनका कारण एनएलजी इन्स्योरेन्समा ठूलो रकमको बीमा दाबी परेकाले दायित्व बहन गर्नुपर्दा कम्पनीको नाफा प्रभावित देखिएको हो ।  

कम्पनीले सो अवधिसम्म १७ करोड ५७ लाख ७७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो प्रिमियम रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३०।०९ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म कम्पनील १३ करोड ५१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै कम्पनीले सो अवधिसम्म ३७ करोड ९४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २६१.५६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यो कम्पनीले १० करोड ४९ लाख रुपैयाँ मात्रै बीमा दाबी भुक्तानी दिएको थियो ।  

कम्पनीले बीमा कोषमा ४ अर्ब ५० करोड रुपैयाँ संचित गरेको छ भने कम्प्नीको रिटेन्ड अर्निङ १५ करो ७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १५.७६ रुपैयाँ ऋणात्मक भएको छ भने प्रतिसेयर नेटवर्थ १६८.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.२३ गुणा ऋणात्मक देखिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.