आईतवार, फाल्गुन ३,२०८२ 08:45:58
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:45:58
Bizshala
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पौने ३० करोड घाटामा, इपीएस समेत रु.४२.५५ ऋणात्मक

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पौने ३० करोड घाटामा, इपीएस समेत रु.४२.५५ ऋणात्मक
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स चालु आवको पहिलो त्रैमाससम्म २९ करोड ८५ लाख ४१ हजार रुपैयाँ घाटामा देखिएको छ । गत आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।  

जेनजी आन्दोलनका कारण कम्पनीमा ठूलो बीमा दाबी परेसँगै कम्पनीको दायित्व चुलिँदा कम्पनीले करिब ३० करोड रुपैयाँ घाटा ब्यहोर्नु परेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सो अवधिसम्म कम्पनीले ७४ करोड ८१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १४७।२३ प्रतिशत बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमाससम्म ३० करोड २६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी दिएको थियो ।  

यता कम्पनीको व्यवसायमा समेत संकुचन देखिएको छ । असोज मसान्तसम्म कम्पनीले ३० करोड ९० लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ, जुन यो गत आवको तुलनामा १०.९८ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३४ करोड ७१ लाख रुपैयाँ प्रिमियम भित्र्याएको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

२ अर्ब ८० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको बीमा कोषमा १२  अर्ब ५ करोड रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी ४२.५५ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ २६५.३३ रुपैयाँ, पीई रेसियो १४.९२ गुणा ऋणात्मक र तरलता अनुपात १.४६ प्रतिशत रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.