सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्यारेन्स लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । फागुन १५ गते सम्पन्न कम्पनीको ३१ औं वार्षिक साधारण सभाबाट आव २०८०/८१ का लागि पारित ३० प्रतिशत नगद लाभांश (कर समेत)फागुन १५ गतेदेखिनै एनएमबी क्यापिटलमार्फ सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।