काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्सोरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्री गरिएको संस्थापक सेयरको बोलपत्र(गोप्य शिल्ड टेन्डर) आज खोलिने भएको छ ।
गत वैशाख १७ गतेदेखि जेठ ३ गतेसम्म बिक्रीमा राखिएको कम्पनीको ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको हो ।
उक्त बोलपत्र थापाथलीको ट्रेड टावरमा रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बिहान १० बजे खोलिने कम्पनीले जनाएको छ ।