काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ । कम्पनीको २ लाख ८७ हजार ५०० कित्ता सेयर आजदेखि लिलामीमा राखिएको हो ।
यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक वा जो कोहि व्यक्ति,संघ संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सक्नेछन् ।
इच्छुक लगानीकर्ताले थापाथलीमा रहेको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति फागुन ३ गते रहेको छ ।