मंगलवार, कार्तिक ३,२०८३ 03:27:49
  • मंगलवार, कार्तिक ३,२०८३ 03:27:49
Global IME Bank Limited

सेयरबजारमा १४४% ले बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लगानी, कुनमा कति ?

Bizshala
सेयरबजारमा १४४% ले बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लगानी, कुनमा कति ?
New Office

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको साधारण सेयरमा १६ करोड रुपैयाँ लगानी गरेको छ ।  

कम्पनीको रिर्पोटअनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षमा सेयरबजारमा १६ करोड ३४ लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा १४४ प्रतिशतले बढी हो । सो वर्षमा कम्पनीले सूचीकृत सेयरमा ६ करोड ६९ लाख ७८ हजार रुपैयाँ लगानी गरेको थियो ।  

कम्पनीले आर्थिक वर्ष २०७८/८० मा ५१ वटा पब्लिक कम्पनीको सेयरमा लगानी गरेको छ । आव २०७८/७९ मा कम्पनीले १९ वटा कम्पनीको सेयरमा लगानी गरेको थियो । एक वर्षमा कम्पनीले थप ३२ वटा कम्पनीको सेयरमा लगानी थपेको छ । यसकारण पनि कम्पनीको सेयरबजारमा लगानी बृद्धि देखिएको हो ।  

लगानी गरिसकेको कम्पनीमा समेत सिद्धार्थ प्रिमियरले थप लगानी बढाएको छ । गत आवमा कम्पनीले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावर कम्पनी र होटल तथा उत्पादन र प्रशोधन कम्पनीहरुमा लगानी गरेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम बीमा कम्पनीले कुल लगानीको १० प्रतिशत रकम सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्था छ । सोही बमोजिम सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १६ करोड रुपैयाँभन्दा बढी लगानी सेयरबजारमा गरेको छ ।  

कुन कम्पनीमा कति छ लगानी ?  

कम्पनीले सबैभन्दा बढी चिलिमे हाइड्रोपावरको सेयरमा लगानी गरेको छ । सो कम्पनीमा ४ करोड ४३ लाख ९९ हजार रुपैयाँ लगानी छ । जुन यो अघिल्लो वर्षको तुलनामा ४२.४८ प्रतिशतले बढी हो ।  

अघिल्लो वर्षमा उक्त कम्पनीको सेयरमा ३ करोड ११ लाख ६२ हजार रुपैयाँ लगानी थियो । त्यस्तै, दोस्रोमा नेपाल एसबीआई बैंकको सेयरमा ३ करोड ५४ लाख रुपैयाँ लगानी रहेको छ ।  

यसका साथै छिमेक लघुवित्तको सेयरमा ७७ लाख ७५ हजार, गरिमा विकास बैंकमा ५४ लाख, निर्धन उत्थान लघुवित्तको सेयरमा ४८ लाख, ज्योति विकास बैंकको सेयरमा ४३ लाख, सानिमा बैंकको सेयरमा ४१ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको सेयरमा ३९ लाख रुपैयाँ, सुर्यज्योति लाइफको सेयरमा ३८ लाख रुपैयाँ र सिटिजन बैंकको सेयरमा ३८ लाख रुपैयाँ लगानी रहेको छ ।  

३२ वटा कम्पनीको सेयरमा लगानी थप्दै  

आव २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा कम्पनीले ३२ वटा कम्पनीको सेयरमा लगानी बढाएको छ ।  

कम्पनीले १० वटा बैंक, ९ वटा लघुवित्त संस्था, ६ वटा हाइड्रोपावर, तीन जीवन बीमा कम्पनी र ४ वटा अन्य कम्पनीको सेयरमा लगानी थपेको छ ।  

जसमध्यसे सबैभन्दा बढी लगानी छिमेक लघुवित्तको सेयरमा ७७ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्तको सेयरमा ४८ लाख रुपैयाँ र ज्योति विकास बैंकको सेयरमा ४३ लाख रुपैयाँ लगानी गरेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.