सोमबार, असार २,२०८२ 03:45:38
  • सोमबार, असार २,२०८२ 03:45:38
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष(सीआईटी)को २३ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । 

कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल पुनर्बीमा कम्पनीको न्यूनतम सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ र सीआईटीको सेयरमूल्य प्रतिकित्ता ७८० रुपैयाँ निर्धारण गरिएको छ ।  

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा नेपाल पुनर्बीमाका लागि न्यूनतम २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको लागि न्यूनतम १५ हजार कित्ताका लागि खरिद आवेदन दिनु पर्नेछ ।  

सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बालुवाटारस्थित एनएमबी क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति चैत २२ गते तोकिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.