नेपाल पुनर्बीमाले सुरु गर्यो भुक्तानी, तिहारअघि बढीमा ४ अर्ब दिइसक्ने
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरुलाई सुरु गरेको छ । कम्पनीस्थित उच्च स्रोतका अनुसार बिहीबारदेखि बीमा दाबी परेका कम्पनीहरुबाट आएको दाबीका आधारमा प्रारम्भिक भुक्तानी सुरु गरिएको हो ।