बुधबार, भाद्र २५,२०८२ 10:17:57
  • बुधबार, भाद्र २५,२०८२ 10:17:57
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा, अन्य वित्तीय सूचकमा पनि कमजोर

Hyundai Nepal
नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा, अन्य वित्तीय सूचकमा पनि कमजोर

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमास समाप्त भईसकेको अवस्थामा ढिलो गरी वित्तीय विवरण सार्वजनिक गरेको हो ।  

प्रकाशित विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही  अवधिसम्म भने कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ । कम्पनीले पहिलो त्रैमाससम्म १ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.९५ प्रतिशतले कम हो । कम्पनीले लगानी तथा कर्जामार्फत ४० करोड ९७ लाख र ३ लाख १९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी पनि १५.८१ प्रतिशतले घट्दै १ अर्ब ७३ करोडमा सीमित बनेको छ ।  

कम्पनीले यो अवधिसम्म १ अर्ब ४३ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७४ करोड ४५ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । यसरी एक वर्षको अन्तरालमा कम्पनीको दाबी भुक्तानी ९२.३६ प्रतिशतले वृद्धि भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको कुल खर्च पनि २३.४२ प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको कुल खर्च १ अर्ब ७९ करोड रुपैयाँ थियो ।  

कम्पनीको महाविपत्ती कोषको आकार २६ करोड ७४ लाख र स्पेशल रिजर्भको आकार ३ अर्ब ८३ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ७०.७२ प्रतिशतले घट्दै १९ करोड ६९ लाख रुपैयाँमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.७१ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १३९.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२५.८० रुपैयाँ र पिई अनुपात १६६.७४ गुणा कायम भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.