मंगलवार, आश्विन १३,२०८३ 06:28:17
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:28:17
Bizshala
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर, भए निलम्बित

Bizshala
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर, भए निलम्बित
New Office

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।  कम्पनीमा ठूलो मात्राको क्लिङ्कर हिनामिना भएको भन्दै पौडेलसहित ८ जना उच्चपदस्थ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले आर्थिक वर्ष २०७४–७५ देखि २०७७ साल पुस मसान्तसम्म योजनाबद्ध रूपमा सार्वजनिक सम्पत्ति दुरुपयोग तथा क्लिङ्कर हिनामिना गरिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आयोगले तत्काली महाप्रबन्धक पौडेलसँगै निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले दायर गरेको मुद्दाअनुसार पौडेलविरुद्ध १२ करोड ४४ लाख २२ हजार २४२ रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दायर भएको छ । यसका साथै कम्पनीका नायब महाप्रबन्धक काफ्लेविरुद्ध १२ करोड ६३ लाख ६९ हजार १६८ बराबरको बिगो हिनामिनाको दाबीसहित मुद्दा परेको छ । त्यस्तै, निमित्त महाप्रबन्धक साहसहितका अरु व्यक्तिविरुद्ध रू ४६ करोड ५२ लाख ७४ हजार ४२६ बराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

दुई वर्षअघि पनि उनीविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो । जसमा उनले सफाइ पाएका थिए । सफाइ पाएका पौडेल गत भदौमा नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पदमा नियुक्त भएका हुन् । मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.