मंगलवार, भाद्र २४,२०८२ 11:54:41
  • मंगलवार, भाद्र २४,२०८२ 11:54:41
Global IME Bank Limited

ब्रेक आउट दिएको नेपाल रि इन्स्योरेन्सको अबको टार्गेट कति ?(प्राविधिक विश्लेषणसहित)

Hyundai Nepal
ब्रेक आउट दिएको नेपाल रि इन्स्योरेन्सको अबको टार्गेट कति ?(प्राविधिक विश्लेषणसहित)

काठमाण्डौ । नेपाल रि इन्स्योरेन्स कम्पनी नेपालको एक सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी हो । यो कम्पनी सन् २०१४ मा प्राइभेट पब्लिक पार्टनरसिप अन्तगर्त स्थापना भएको कम्पनी हो ।  

आधरभूत पक्षः

गत आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापू्ँजी १२.८१ अर्ब रहेको छ । त्यसैगरि, कम्पनीको जेगडा कोषमा ४.८ अर्ब रहेको छ । यो सँगै कम्पनीको कूल पू्ँजी १८.६७ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको खूद मूनाफा ३३.७७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५.२७ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १४५.७५ रुपैयाँ रहेको छ भने रिर्टन अन इक्विटी ३.६२ प्रतिशत रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः

फियर एण्ड ग्रिड मिटरको आधारमा  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयर भाउ हाल ७० को तहमा कमजोर बुलिस रहेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य ९०२ रुपैयाँ रहेको छ भने न्यून मूल्य ५९५ रुपैयाँ रहेको छ । यस कम्पनीको ८४ प्रतिशत सेयर संस्थापक समूहको रहेको छ भने १६ प्रतिशत सेयर सर्वसाधारण समूहको रहेको छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको मूल्य रेखा हाल अपर ब्याण्डसँगै हिडेको छ । आजको कारोबारमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । म्याक्डीमा बुलिस क्रसओभर रहेको छ भने हिस्टोग्राम पनि सकअरात्मक र लामा–लामा हुदै गएका छन् । आरएसआई ओभर बट जोन ८४ को तहमा बन्द भएको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनी हाल बुलिस यात्रामा देखिन्छ ।  

इचिमोकू  

इचिमोकूमा पनि यस कम्पनी बुलिस यात्रामा देखिन्छ । बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काटेर माथि लागेको छ । त्यसैगरि, क्लाउडको पोजिसन पनि रातोबाट हरियो बनेको छ । मूल्य रेखाहरु पनि क्लाउड पोजिसन भन्दा माथि–माथि चलेको छन् । समग्रमा इचिमोकू मार्फत नियाल्दा यो कम्पनी हाल बुलिस यात्रामा रहेको छ ।  

पिभट् प्वइन्ट  

पिभट विश्लेषणमार्फ सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –१०२६

प्रतिरोध २ –९५८

प्रतिरोध १– ९०६

पिभट प्वइन्टः ९३८

घटेमा सपोर्ट  

सपोर्ट १– ७८६

सपोर्ट २– ७१८

सपोर्ट  ३ –६६७

निष्कर्षः  

आधारभूत रुपमा यो कम्पनीको वित्तीय अवस्था ठीकै देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ मात्रै रहेको छ । कम्पनीको बुक भ्यालु भने १४६ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ३.६२ प्रतिशत रहेको छ । कम्पनीको चूक्ता पूँजी बढ्दा .जगेडा कोष भने घटेको छ । प्राविधिक रुपमा भने कम्पनीको सेयर भाउ लामो समय साइडवेज चलेकाले हाल पहिलेको मूल्यलाई ब्रेक आउ दिएर माथि लागेको छ । विभिन्न इन्डिकेटरले पनि कम्पनीको सेयर भाउ हाल अप ट्रेन्डमा चलेको  छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.