मंगलवार, कार्तिक ३,२०८३ 02:24:27
  • मंगलवार, कार्तिक ३,२०८३ 02:24:27
Global IME Bank Limited

हिमालयन रि र नेपाल पुनर्बीमाको सेयर ‘स्ट्रङ बुलिस सेन्टिमेन्ट’मा, प्राविधिक रुपमा कुनको अवस्था कस्तो ?

Bizshala
हिमालयन रि र नेपाल पुनर्बीमाको सेयर ‘स्ट्रङ बुलिस सेन्टिमेन्ट’मा, प्राविधिक रुपमा कुनको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । नेपालमा हाल २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यी २ वटा कम्पनीहरु नेप्सेमा ‘अन्य’ समूहमा सूचिकृत छन् । पछिल्लोपटक दोस्रो बजारमा यी कम्पनीहरुको उच्च कारोबार हुँदै आएको छ । यस्तोमा आज हिमालयन रि इन्स्योरेन्सको मूल्यले अल टाइम हाईको रेकर्ड बनाएको छ । आज हामीले यी दुवै कम्पनीहरुको प्राविधिक तथा आधारभूत पक्षलाई नियाल्ने कोसिस गरेका छौं ।  

 

 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आधारभूत पक्ष  

हिमालयन रि–इन्स्योरेन्स  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा ६१ करोड ६९ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ११.८६ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १६०.६९ रुपैयाँ र रिर्टन अन इक्विटी ७.३८ प्रतिशत रहेको छ ।  

नेपाल रि–इन्स्योरेन्स  

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ८० करोड रुपैंयाँ रहेको छ । कम्पनीको कुल पूँजी १८ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ७३ करोड ७० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५.७५ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १४७.४५ रुपैयाँ र रिर्टन अन इक्विटी ३.९ प्रतिशत रहेको छ ।  

आधारभूत रुपमा को अब्बल ?

हालसम्म उपलब्ध तथ्यांकअनुसार आधारभूत रुपमा नियाल्दा नेपार रि– इन्स्योरेन्स भन्दा हिमालय रि– इन्स्योरेन्सको जगेडा कोष र प्रतिसेयर आम्दानी बढी देखिन्छ । पूँजीको आधारमा भने हिमालयन रि– इन्स्योरेन्सको पूँजी बढी देखिन्छ । यी दुवै कम्पनीले २० अर्ब पूँजी पुर्याउन आवश्यक छ । हिमलयन रि – इन्स्योरेन्सले गत आवका लागि सेयरधनीहरुलाई ४.२१ प्रतिशत लाभांश दिएको थियो भने नेपाल रि– इन्स्योरेन्सले ५ प्रतिशत दिएको थियो ।  

 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्समा दुवै कम्पनी स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । दोसो बजारमा आज हिमालय रि– इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १०९२ रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भने कम्पनीको उच्च मूल्य प्रतिकित्ता १०७० रुपैयाँ थियो । यो कम्पनीको ५२ साताको न्यून मुल्य भने प्रतिकित्ता ५३५ रुपैयाँ रहेको छ ।  

त्यसैगरि नेपाल रि– इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १३३२ रुपैयाँ रहेको छ । कम्पनीको ५२ साताको न्यून मुल्य ६३० रुपैयाँ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

हिमालयन रि इन्स्योरेन्स

यो कम्पनी हाल बोलिङ्गर ब्याण्डको अपर ब्याण्डमा चलेको छ भने आज बुलिस मारुबुजु क्याण्डल बनेको छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको देखिन्छ । आरएरआई ओभर बट जोन ८३ को तहमा चलेको देखिन्छ । यसअघि  ९० को तहमा पुगेपछि यो कम्पनीको सेयर भाउमा करेक्सन आएको थियो ।  

नेपाल पुनर्बीमा कम्पनी

यो कम्पनीको सेयर पनि बोलिङ्गरको अपर ब्याण्डमा चलेको देखिन्छ भने म्याक्डीमा बुलिस क्रसओभर चलेको छ । यस्तै हिस्टोग्राम सकारात्मक रहेको छ । तर आज कम्पनीको कारोबार तथा भोल्युम भने घटेको छ । आरएसआई हालसम्मकै उच्च ओभर बट जोन ९१ को तहमा पुगेको छ ।  

निष्कर्षः नेपाल रि– इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमासदेखि वित्तिय प्रतिवेदन सार्वजनिक गरेको छैन । तर हिमालयन रि– इन्स्योरेन्सले भने चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । हामीले पछिल्लो उपलब्ध तथ्यांकअनुसार यी दुई कम्पनीहरुको विश्लेषण गरेका छौ । हालसम्म उपलब्ध तथ्यांकअनुसार हिमालयन रि– इन्स्योरेन्स नेपाल रि– भन्दा अब्बल देखिन्छ । नेपाल रि– इन्स्योरेन्सले सार्वजनिक गर्ने वित्तीय प्रतिबेदनअनुसार आगामी दिनमा भने यो विश्लेषण फरक पर्न पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.