बिहीबार, चैत्र २१,२०८१ 04:03:36
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:03:36
IME remit
Global IME Bank Limited

नेपाल पुनर्बीमाको अध्यक्ष पद रिक्त, जेष्ठ सञ्चालक नवराज मुडभरीले बैठकको अध्यक्षता गर्ने

Hyundai Nepal
नेपाल पुनर्बीमाको अध्यक्ष पद रिक्त, जेष्ठ सञ्चालक नवराज मुडभरीले बैठकको अध्यक्षता गर्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त भएको छ । कम्पनीको अध्यक्ष पदमा कार्यरत इश्वरी प्रसाद अर्यालले उमेरहदका कारण अर्थमन्त्रालयको राजपत्राङ्कित प्रथम श्रेणाी,सहसचिव पदबाट साउन १८ गतेदेखि अवकाश पाएकाले कम्पनीको अध्यक्ष पद स्वत रिक्त भएको हो ।  

अर्याललाई नेपाल सरकारको अर्थमन्त्रिस्तरको विसं २०७९ मंसिर १९ गतेको निर्णयानुसार अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्न तोकिएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको नियमावलीको नियम २७ को उपनियम(२)(क)अनुसार नेपाल पुनर्बीमाको सञ्चालक समितिमा समूह ‘क’ नेपाल सरकारबाट मनोनित अध्यक्षसहित ३ जना सञ्चालक सदस्य रहने व्यवस्था रहेको छ ।  

कम्पनीको अध्यक्ष स्वतः रिक्त भएकाले कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले बीमा ऐन,२०७९ को दफा ५२(४) को व्यवस्था बमोजिम अध्यक्षको अनुपस्थितिमा जेष्ठ सञ्चालक नवराज मुडभरीले बैठकको अध्यक्षता गर्ने र अध्यक्षको पद खाली भएको जानकारी अर्थ मन्त्रालयमा पठाउन व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.