काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य नेपाली रकम क, ख र ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थार र नेपाल पूर्वाधार बैंकमार्फत लिन इच्छुक प्रस्तावित मुद्दती निक्षेप, ब्याजदर र भुक्तानीको तरिकासमेत कम्पनीले तोकेको शिलबन्दी फाराममा उल्लेख विवरण भरी गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफुले निक्षेप लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकको कोटेसन सम्बन्धि फाराम भरी सूचना प्रकाशित भएको ५ दिनभित्र गोप्य शिलबन्दी पत्र पेश गर्नु पर्नेछ । प्रस्तावको मान्य अवधि एक महिनाको हुनु पर्ने र केन्द्रीय कार्यालय बाहेक अन्य प्रस्ताव मान्य नहुने कम्पनीले जनाएको छ ।