सोमबार, असार २,२०८२ 01:53:25
  • सोमबार, असार २,२०८२ 01:53:25
Global IME Bank Limited

बजार चलायमान बनाउन दुई पुनर्बीमा कम्पनीको कस्तो छ भूमिका ?

Hyundai Nepal
बजार चलायमान बनाउन दुई पुनर्बीमा कम्पनीको कस्तो छ भूमिका ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको संख्या २७१ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन तथा व्यापारिक संस्थाहरु गरी नेप्सेमा २ सय भन्दा बढी कम्पनीहरु सूचीकृत छन् ।  

माघ मसान्तसम्म धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड रुपैयाँ छ । सेयरबजार चलायनमान बनाउन दुई पुनर्बीमा कम्पनीको सेयर कारोबारले विशेष महत्व राख्ने गरेको छ । नेपाल रि र हिमालयन रि इन्स्योरेन्स सेयरबजारका १० ठूला कम्पनीको सूचीमा पर्छन् ।  

यी दुई रि इन्स्योरेन्स कम्पनीको सेयर कारोबारले बजार चलायमान बनाउन विशेष भूमिका खेलेको छ । झनै दोस्रो बजारमा हिमालयन रि इन्स्योरेन्सको सेयर सूचीकृतपश्चात् लगातार सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा पर्दै आएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दोस्रो बजारमा नेपाल पुनर्बीमा कम्पनी चौथो ठूलो कम्पनी हो । कम्पनीको बजार पुँजीकरण रकम ९६ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी छ । यसर्थ कुल पुँजीकरणमा नेपाल रि इन्स्योरेन्स कम्पनीको हिस्सा २।९१ प्रतिशत छ ।  

साथै हिमालयन रि इन्स्योरेन्सको बजार पुँजीकरण रकम ६४ अर्ब २७ करोड रुपैयाँ छ । यसर्थ कम्पनीको कुल पुँजीकरणमा १।९३ प्रतिशत हिस्सा छ । सेयरबजारमा यी दुई पुनर्बीमा कम्पनीको कारोबारले विशेष महत्व राख्दै आएको छ ।  

पुँजीकृत रकम धेरै भएका कम्पनी नै बजारका ठूला कम्पनी मानिन्छन् । पुँजीकृत रकम धेरै भएका कम्पनीहरुले आफ्नो समूको उपसूचक र समग्र बजारलाई बढी प्रभाव पार्ने क्षमता राख्न सक्छ । कुल सूचीकृत सेयर संख्याको कुल मूल्य नै पुँजीकृत रकम हो ।  

सेयरबजारमा दुई पुनर्बीमा कम्पनीको कुल पुँजीकरणमा ४.८४ प्रतिशत हिस्सा छ । बजारमा हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको पुँजीकरण रकम नै १ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ छ ।  

यी दुई कम्पनीको सेयरमूल्य उतारचढावले कुल पुँजीकरण रकम नै घटबढ हुन जान्छ । कुल पुँजीकरण रकम घटबढ हुँदा नेप्से परिसूचक नै बढ्ने वा घट्ने अवस्थामा पुग्न सक्छ । त्यसैमाथि नेप्सेमा सूचीकृत भएसँगै हिमालयन रि इन्स्योरेन्सको सेयर लगानीकर्ताहरुको नजरमा पर्ने गरेको छ । अर्थात् सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रि पर्दै आइरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.