बिहीबार, श्रावण १४,२०८३ 01:24:34
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:24:34
Bizshala
Global IME Bank Limited

हिमालयन उर्जाले मंसिरमा साधारण सभा आयोजना गर्ने, छैन लाभांशको प्रस्ताव

हिमालयन उर्जाले मंसिरमा साधारण सभा आयोजना गर्ने, छैन लाभांशको प्रस्ताव
New Office

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २५ औं वार्षिक साधारण आगामी मंसिर २३ गते आयोजना गर्ने भएको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो ।  

उक्त सभा काठमाण्डौको थापागाँउमा रहेको अर्पण ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।  

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र बाँकी अवधिका लागि सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैठकले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.