काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफामा ४५.४४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले यो अवधिमा २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानीमार्फत ८१ लाख ९८ ह जार रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २१.३३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवमा विद्युत बिक्रीमार्फत १ करोड ४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीले यो अवधिसम्म १७ लाख ४० हजार रुपैयाँबराबरको प्रशासनिक खर्च र ५ लाख ६७ हजार वित्त खर्च गरेको छ ।
कम्पनीको चुक्तापूँजी १३ करोड ४० लाख रुपैयाँ छ भने रिजर्भको आकार ५ करोड ३ लाख रुपैयाँ रहेको छ । कम्पनीको दीर्घकालिन कर्जा २ करोड ६१ लाख रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १ करोड १७ लाख र कुल चालु दायित्व ४८ लाख ५४ हजार रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.४५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६०.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३०.४० गुणा कायम भएको छ ।

