सोमबार, असार २,२०८२ 03:27:04
  • सोमबार, असार २,२०८२ 03:27:04
Global IME Bank Limited

भारतमा ‘बीमा सुगम’लाई मान्यता,बीमा पोलिसी सस्तो हुने र एकै ठाउँबाट खरिदबिक्री गर्न मिल्ने

Hyundai Nepal
भारतमा ‘बीमा सुगम’लाई मान्यता,बीमा पोलिसी सस्तो हुने र एकै ठाउँबाट खरिदबिक्री गर्न मिल्ने
Nabil Bank Limited

काठमाण्डौ । भारतको बीमा नियामक ‘इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरेटी(आईआरडीएआई)ले इन्स्योरेन्स मार्केट प्लेटफर्म ‘बीमा सुगमको स्थापनाका लागि अनुमति दिएको छ । जसअन्तर्गत एउटा यस्तो बीमा पूर्वाधार बन्नेछ,जहाँ सबै बीमा कम्पनीको जानकारी एउटै प्लेटफर्ममा उपलब्ध हुनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीमा सुगममा जीवन,निर्जीवन र स्वास्थ्यसहित सबै वर्गको बीमा लिस्ट हुने जनाइएको छ । यसमा बीमा पोलिसी खरिदरबिक्री,बीमा सेवा र दाबी भुक्तानीदेखि लिएर बीमासँग सम्बन्धित उजुरी तथा गुनासाहरु समेत सम्बोधन गर्न सकिने छ ।  

बीमा सुगम एउटा ई–कर्मश प्लेटफर्मको जस्तै हुनेछ जहाँ बीमा कम्पनीहरुले आफ्नो प्रडक्टहरु बिक्री गर्न सक्नेछन् । यसले ग्राहक, एजेन्ट,बीमा कम्पनी र मध्यस्तताकर्ताबीच वान स्टेप सोलुसनको काम गर्ने र यसका कारण बीमा क्षेत्रको पारदर्शिता र प्रभावकारीता बढ्ने भारतस्ीय नियामकले दाबी गरेको छ ।  

यस्तै बीमा सुगमका कारण भारतमा बीमा पोलिसीहरु सस्तो समेत हुने जनाइएको छ ।    

यो डिजिटल प्लेटफर्म चाडै नै लञ्च हुने सम्भावना रहेको भारतीय मिडियाहरुले जनाएका छन् । रिपोर्टका अनुसार आगामी जुन महिनामा यसको लञ्च हुने सम्भावना अधिक रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.