काठमाण्डौ । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक १२ गतेदेखि १९ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर कात्तिक २७ गते बाँडफाँड भएको हो ।
बाडँफाँडको अन्तिम मूल्य (कटअफ मूल्य)२१० रुपैयाँ निर्धारण भएको छ। उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको धितोपत्र निष्कासनकर्ता सिटिजन्स क्याटिलले जनाएको छ ।
आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी मंसिर १ गतेबाट हुनेछ ।

