काठमाण्डौ । शुभ लक्ष्मी कोषको आकार वृद्धि भएको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइन क्यापिटल योजना व्यवस्थापक रही लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको आकार ५० करोड धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त भई १ अर्ब रुपैयाँ कायम भएको छ ।
यसका साथै कात्तिक १३ गतेपश्चात प्राप्त भएका रकमहरुको इकाई बाँडफाँड कार्य पुनः सुचारु गरिएको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । उक्त रकमबापतको इकाईहरु सम्बन्धित हितग्राहीहरुको खातामा दाखिला गर्ने कार्य समेत सुचारु भईसकेको क्यापिटलले जनाएको छ ।
शुभ लक्ष्मी कोष खुलामुखी योजना हो ।

