काठमाण्डौ । माई खोला हाइड्रोपावरले पाचौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गतेका दिन काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय भई सेबानमा दर्ता भई निष्कासन प्रक्रियामा रहेकाले सो लाई निरन्तरता दिने ,अन्य कम्पनीमा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
सभामा सञ्चालक समितिबाट भएका निर्णय तथा काम कारवाहीहरु अनुमोदन गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र आयोजना पुननिर्माणका लागि ऋण थप गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

