सोमबार, बैशाख ७,२०८३ 12:11:34
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:11:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सगरमाथा जलविद्युतको साधारण सभा मंसिर २६ गते, हकप्रदको प्रस्ताव पारित गरिने

Bizshala
सगरमाथा जलविद्युतको साधारण सभा मंसिर २६ गते, हकप्रदको प्रस्ताव पारित गरिने
Shivam Cement

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको यही मंसिर २६ गते काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय भई सेबानमा दर्ता भई निष्कासन प्रक्रियामा रहेकाले सो लाई निरन्तरता दिने ,कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र लगानी सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित गर्ने र सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.