सगरमाथा जलविद्युतको नाफा २८.६६% ले घट्यो, आम्दानीमा पनि १९.१४% को संकुचन
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २८.६६ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद मुनाफा ५ करोड ५८ लाख रुपैयाँ थियो ।