काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य घटेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ करोड ५७ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ४८.८ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेको छ। कम्पनीले पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ करोड ११ लाख ५७ हजार रुपैयाँ थियो।
कम्पनीको कुल नाफा ७ करोड ४२ लाख ३८ हजार रुपैयाँबाट घटेर ५ करोड १९ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ।
सञ्चालन नाफा पनि घटेर ५ करोड ३ लाख ८६ हजार रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा सञ्चालन नाफा ७ करोड २७ लाख ३५ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको वित्तीय लागत १ करोड ९५ लाख ४६ हजार रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २५ अर्ब ६६ करोड ६७ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल इक्विटी १३ अर्ब १ करोड ४१ लाख रुपैयाँ छ।
कम्पनीको चुक्तापुँजी ११ अर्ब ७३ करोड २० लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा १ अर्ब २८ करोड २० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५.३५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११०.९३ रुपैयाँ रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।