मंगलवार, आश्विन १३,२०८३ 07:10:17
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:10:17
Bizshala
Global IME Bank Limited

सगरमाथा जलविद्युतको नाफा २१.३५% ले घट्यो, आम्दानी र ईपीएस कति ?

Bizshala
सगरमाथा जलविद्युतको नाफा २१.३५% ले घट्यो, आम्दानी र ईपीएस कति ?
New Office

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २१.३५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद मुनाफा ६ करोड ३५ लाख रुपैयाँ थियो ।  

यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २५ करोड १३ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको चौथौ त्रैमाससमम कम्पनीले कमाएको २५ करोड ५० लाख को तुलननामा १.४६ प्रतिशतले कम हो । यो अवधिसम्म कम्पनीको रोयल्टी खर्च ५० लाख २६ हजार,आयोजना खर्च २ करोड ५४ लाख र प्रशासनिक खर्च ९८ लाख ५३ हजार रुपैयाँ रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको वित्त खर्च १० करोड ७७ लाख र ह्रासकट्टी खर्च ६ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीले १ करोड २८ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।    

कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड रहेको छ । यो अवधिसम्म कम्पनीले रिटेन्ड अर्निङको आकार ७९.४८ प्रतिशतले बढेर १० करोड ६९ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०६.६४ रुपैयाँ, पीई रेसियो ८३.८० गुणा र तरलता अनुपात १.३३ प्रतिशत कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.