सोमबार, असार २,२०८२ 04:09:52
  • सोमबार, असार २,२०८२ 04:09:52
Global IME Bank Limited

सगरमाथा जलविद्युतको नाफा २१.३५% ले घट्यो, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
सगरमाथा जलविद्युतको नाफा २१.३५% ले घट्यो, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २१.३५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद मुनाफा ६ करोड ३५ लाख रुपैयाँ थियो ।  

यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २५ करोड १३ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको चौथौ त्रैमाससमम कम्पनीले कमाएको २५ करोड ५० लाख को तुलननामा १.४६ प्रतिशतले कम हो । यो अवधिसम्म कम्पनीको रोयल्टी खर्च ५० लाख २६ हजार,आयोजना खर्च २ करोड ५४ लाख र प्रशासनिक खर्च ९८ लाख ५३ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको वित्त खर्च १० करोड ७७ लाख र ह्रासकट्टी खर्च ६ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीले १ करोड २८ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।    

कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड रहेको छ । यो अवधिसम्म कम्पनीले रिटेन्ड अर्निङको आकार ७९.४८ प्रतिशतले बढेर १० करोड ६९ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०६.६४ रुपैयाँ, पीई रेसियो ८३.८० गुणा र तरलता अनुपात १.३३ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.