काठमाण्डौ। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले जेठ १३ गते आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृती पाएको हो ।
कम्पनीले आयोगसमक्ष चुक्तापूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गरेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                