काठमाण्डौ। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले जेठ १३ गते आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृती पाएको हो ।
कम्पनीले आयोगसमक्ष चुक्तापूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।