काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५८४.२५ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६१२ रुपैयाँ कायम थियो । भोलिदेखि समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।