काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै कम्पनीले प्रस्तावित लाभा.स पािरत गर्न साधारण सभा समेत डाकेको छ । कम्पनीले आगामी मंसिर १४ गते काठमाण्डौको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा लाभांशको अजेण्डा पारित हुनुका साथै बोनस सेयर वितरणपश्चात हुने कम्पनीको चुक्तापुँजी वृद्धि बमोजिम प्रबन्धपत्र र नियामावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
यस्तै अन्य कम्पनीमा लगानी गर्ने, गत आर्थिक वर्षको वासलात,नाफा नोक्सान हिसाब तथा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत चालु आर्थिक वर्षका लागि लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कमपनीले कात्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।