काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा डाकेको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २६ गते काठमाण्डौको धुम्बाराहीमा रहेको सूर्य इभेन्टमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीले सेयरधनीहरुका लागि लाभांश घोषणा नगरेकाले सोसँग सम्बन्धित कुनैपनि प्रस्ताव सभामा पेश हुनेछैन । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधन÷थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आव २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुन पाउनेछन् ।

