काठमाण्डौ । तारागाँउ रिजेन्सी होटलको ४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ लाख ५४ हजार ६६१.६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आव २०७९/८० का लागि ११ प्रतिशत नगद लाभांश(करसहित) र ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।