काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४२.४६ रुपैयाँ र बिक्रीदर १४३.०६ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६४.२८ रुपैयाँ र बिक्रीदर १६४.९८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.८४ रुपैयाँ र बिक्रीदर १८७.६२ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.८४ रुपैयाँ र बिक्रीदर ९२.२३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१० रुपैयाँ र बिक्रीदर ९.१४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.७९ रुपैयाँ र बिक्रीदर ३८.९५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.१० रुपैयाँ र बिक्रीदर २०.१९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.४६ रुपैयाँ र बिक्रीदर ३४.६० रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.०९ रुपैयाँ र बिक्रीदर ३९.२६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७१ रुपैयाँ र बिक्रीदर ९.७६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६३.७४ रुपैयाँ र बिक्रीदर ४६५.६९ रुपैयाँ कायम भएको छ ।

