सोमबार, फाल्गुन ४,२०८२ 08:20:37
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:20:37
Bizshala
Global IME Bank Limited

यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा),कृषि विकास बैंक, सर्वोत्तम सिमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र बरूण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

निफ्रा, सर्वोत्तम सिमेन्ट र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मंसिर १२ गते तथा कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले मंसिर १४ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सर्वोत्तम सिमेन्ट

कम्पनीले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश(करसहित)गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

निफ्रा

निफ्राले गत आवका लागि ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत)को घोषणा गरेको छ ।

कृषि विकास बैंक

बैंकले गत आवका लागि ३.२५ प्रतिशत बोनस सेयर र ९.२५ प्रतिशत नगद गरी कुल १२.५० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बरुण हाइड्रोपावर

यो कम्पनीले पनि आव २०८१र८२ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

बैंकले गत आवका लागि ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

ङादी ग्रुप पावर

कम्पनीले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.