बिहीबार, श्रावण १४,२०८३ 02:30:37
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:30:37
Bizshala
Global IME Bank Limited

बोइङले पोल्याण्डका लागि ४.७ बिलियन डलरको ठेक्काअन्तर्गत अपाची हेलिकप्टर निर्माण गर्ने

बोइङले पोल्याण्डका लागि ४.७ बिलियन डलरको ठेक्काअन्तर्गत अपाची हेलिकप्टर निर्माण गर्ने
New Office

काठमाण्डौ । अमेरिकाको हवाई निर्माता कम्पनी बोइङले अन्तर्राष्ट्रिय ग्राहकका लागि एएच–६४ ई अपाची अट्याक हेलिकप्टर निर्माण गर्ने भएको छ । जसअन्तर्गत पोल्याण्डका लागि सबैभन्दा बढी अर्थात ९६ वटा सैन्य हेलिकप्टर निर्माण गरिनेछ ।

एएच–६४ ई अपाची अट्याक हेलिकप्टर अमेरिकी सेनाको ४.७ बिलियन डलरको विदेशी सैन्य बिक्री ठेक्काअन्तर्गत बोइङले निर्माण गर्न लागेको हो ।

यसको डेलिभरी भने सन् २०२८ बाट सुरु हुने कम्पनीले जनाएको छ ।

पोल्याण्डको रक्षा मन्त्रालयले हाल अमेरिकी सेनाको ८ वटा सैन्य विमान लिजका लिएको छ । पोल्याण्डले नयाँ विमानका लागि पाइलटहरुलाई तालिम समेत दिईरहेको बोइङले जनाएको छ । हाल विश्वर १३ सय वटा अपाची हेलिकप्टर सञ्चालनमा रहेको बोइङले जनाएको छ ।    

कम्पनीले हालै मात्रै अष्ट्रेलिया, भारत र मोरक्को जस्ता अन्तर्राष्ट्रिय सैन्य बललाई नयाँ अपाची विमान आपूर्ति गरेको थियो । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.