आईतवार, आश्विन २५,२०८३ 07:05:36
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 07:05:36
Bizshala
Global IME Bank Limited

हायात प्लेस बुटवलको औपचारिक उद्घाटन सम्पन्न

Bizshala
हायात प्लेस बुटवलको औपचारिक उद्घाटन सम्पन्न
New Office

काठमाण्डौ । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा 'हायात प्लेस बुटवल' को औपचारिक उद्घाटन गरिएको छ। पाहुनाहरू र 'वर्ल्ड अफ हायात' का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो। यस नयाँ होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइ-फाइ तथा २४ सै घण्टा खानाका परिकार जस्ता व्यावहारिक सुविधाहरू उपलब्ध छन्।

हायात प्लेस बुटवललाई बिजनेस (व्यापारिक) र लेजर (फुर्सदको समय बिताउने) दुवै प्रकारका यात्रुहरूको विविध आवश्यकता पूरा गर्ने गरी तयार पारिएको छ, जहाँ आराम र काम (productivity) बीचको सन्तुलन पाउन सकिन्छ।         

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पाहुनाहरूको सत्कारमा केहि कसर नछाड्ने हायातको मूल मन्त्रलाई आत्मसाथ गर्दै,हायात प्लेस होटेलहरूले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध हुने सुविधाहरूको संयोजन गरी आधुनिक व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्दछन्।होटेलमा किंग र ट्विन रुमहरू, फरेस्ट भ्यू र हिल भ्यू विकल्पहरू सहित ३०० देखि ७७५ वर्ग फिट(२८ देखि ७२ वर्ग मिटर) सम्मका विभिन्न श्रेणीका कोठाहरू र फराकिला सुइटहरू उपलब्ध छन्। यस होटेलको मुख्य आकर्षण भनेको १,५६० वर्ग फिट (१४५ वर्ग मिटर) मा फैलिएको 'प्रेसिडेन्सियल सुइट' हो, जसले विशिष्ट पाहुनाहरूलाई उच्चस्तरीय अनुभव प्रदान गर्दछ। साथै, हायात प्लेस बुटवलमा १५० जनासम्म अटाउने ग्रान्ड बलरुम सहितको मिटिङ र कार्यक्रम स्थलहरू पनि उपलब्ध छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

हायात प्लेस बुटवलका विशेषताहरू:

  • सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै स्थान (zone) सहितका १०९ फराकिला गेस्टरुमहरू, जसमा 'कोजी कर्नर' सोफा-स्लिपर बेड समेत रहेको छ।
  • सबै पाहुनाहरूको आवश्यकता अनुसार तातो र चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट।
  • दिन वा रात जुनसुकै समयमा ताजा खाना वा खाजा पाइने 'द मार्केट'।
  • विशेष कफी, प्रिमियम बियर, वाइन र ककटेलहरू पाइने 'जिङ बार'।
  • पाहुनाहरूले केही सामान ल्याउन बिर्सेमा किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने 'नेसेसिटिज' कार्यक्रम।
  • होटेल र कोठाहरूमा निःशुल्क वाइ-फाइ।
  • पारिवारिक वातावरण प्रदान गर्ने स्थानहरू जस्तै: आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र बालबालिका खेल्ने क्षेत्र (किड्स प्ले एरिया)।

हायात प्लेस बुटवलको नेतृत्व

हायात प्लेस बुटवलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ ब्यानर्जीले सम्हालेका छन् । आफ्नो भूमिकामा,नगरले होटेलको दैनिक सञ्चालन व्यवस्थापन, कर्मचारीहरूको रेखदेख र हायात प्लेस ब्रान्डले दिने सेवा पाहुनाहरूले प्राप्त गरून् भन्ने सुनिश्चित गर्ने जिम्मेवारी वहन गर्नेछन् । । त्यस्तै, श्री ब्यानर्जीले बुटवल क्षेत्रमा आउने यात्रु र मिटिङ प्लानरहरूलाई सेल्स सेवा र सहयोग प्रदान गर्ने जिम्मेवारी सम्हाल्नेछन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.