शुक्रबार, श्रावण १,२०८३ 07:27:50
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:27:50
Bizshala
Global IME Bank Limited

भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य, सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज उपलब्ध

भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य, सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज उपलब्ध
New Office

काठमाण्डौ । होम-आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। 

यस साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ। यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेशेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ र भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ भन्ने कम्पनीले विश्वास लिएको छ।

भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडी  महत्त्वपूर्ण रुपमा रहेका सेवा प्रदायकलाई केन्द्रमा राखेको छ। दुर्घटना बीमा उपलब्ध गराएर प्रदायकहरू सुरक्षित रहुन र आफ्नो करियर विकास गर्न उत्साहित रहुन भन्ने चाहाना रहेको भेटायोका सह-संस्थापक, रोचन मान महर्जनले उल्लेख गरे।

भेटायो एप मार्फत ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू प्राप्त गर्न सक्छन्, जस्तै: प्लम्बिङ, ईलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, घर सरसफाइ, र अन्य धेरै विश्वसनीय, छिटो र पारदर्शी सेवाहरू।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.