काठमाण्डौ । श्री एयरलायन्सले दुईवटा जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुइटा बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज थप गरेको हो । यससँगै श्री एयरलाइन्स कुल जहाजको संख्या १८ पुगेको छ । बुद्ध एयरको श्री एयरलाइन्स पछि सबैभन्दा धेरै हवाई जहाज रहेको छ । बुद्ध एयरको १७ वटा एटीआर विमान छन् ।
नेपाल ल्याइएका जहाज यसअघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरले उडाउँदै आइरहेका थिए ।
नयाँ थपिएका जहाजबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरालगायतका आन्तरिक गन्तव्यमा उडान भरिने कम्पनीले जनाएको छ ।