काठमाण्डौ । भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताले एकै महिनामा ३८ हजार करोड भारु भन्दा बढी रकम लगानी गरेका छन् । रिपोर्टका अनुसार मार्च महिनामा विदेशी पोर्टफोलियो लगानीकर्ता(एफपीआई)ले मार्च महिनामा अहिलेसम्म ३८ हजार भारु भन्दा बढी लगानी गरेका हुन् ।
विश्व आर्थिक परिदृश्यमा भईरहेको क्रमिक सुधार र भारतको वृहत आर्थिक परिदृश्यका कारण विदेशी लगानीकर्ताले भारतमा लगानी बताएका हुन् । भारतको डिपोजिटरीको तथ्यांक अनुसार यसअघि गत फेब्रुअरी महिनामा भारतीय सेयर बजारमा १ हजार ५३९ करोड भारु विदेशी लगानी भित्रिएको थियो । जनवरी महिनामा भने विदेशी लगानीकर्ताले २५ अजार ७४३ करोड भारुबराबरको सेयर बिक्री गरेका थिए ।
त्यस्तै विदेशी लगानीकर्ताले भारतीय बोन्ड बजारमा ५५ हजार ४८० करोड भारु लगानी गरेका छन् ।