आईतवार, फाल्गुन ३,२०८२ 06:03:28
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:03:28
Bizshala
Global IME Bank Limited

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २ हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २ हजार बढी शैक्षिक सामग्री वितरण गर्ने
Shivam Cement

काठमाण्डौ । एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरुमा हानिएका चौकाहरु बापत २ हजार भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने पक्का भएको छ । क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार, यी सामग्रीहरु सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिने छन् ।

गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ । एनपीएल सिजन २ का हरेक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता फाउन्डेसनले जनाएको छ । क्रिकेटको उत्साहलाई शिक्षासँग जोड्ने यो पहल, विद्यार्थीका लागि अर्थपूर्ण शैक्षिक सहयोग प्रदान गर्ने फाउन्डेसनको प्रतिबद्धताको एक प्रमाण हो ।

हिजो बिहीबार (मंसिर १८)सम्म खेलिएका एनपीएल सिजन २ का खेलहरुमा ९० खेलाडीहरूले कुल ५१० चौका प्रहार गरेका छन्, जसले २ हजार ४० शैक्षिक सामग्रीहरुको वितरण सुनिश्चित गरेका छ । चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीहरूको सूचीमा पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अगाडि छन् जसले १०८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहेर ७६ शैक्षिक सामग्री योगदान गरेका छन् । त्यसैगरी काठमाण्डौ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी तेस्रो स्थानमा छन्, उनीहरुले १७–१७ चौका प्रहार गर्दै प्रत्येकले ६८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन्।

यो पहलले शैक्षिक सामग्रीको वितरणमार्फत विद्यार्थीहरूको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने राखेको छ । विद्यार्थीहरूलाई प्रदान गरिने प्रत्येक किटमा झोलासहित कपी, पेन्सिल, शार्पनर, इरेजरलगायतका आवश्यक सामग्रीहरू समावेश हुनेछन् । यी सामग्रीहरूले विद्यार्थीहरूलाई पठन–पाठनका लागि आवश्यक स्रोतहरूको कमी घटाउन मद्दत गर्ने र उनीहरूको सिकाइमा योगदान पु¥याउने विश्वास गरिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

‘बिहीबारसम्मका खेलहरुमा चौका प्रहार गर्दै यस सामाजिक पहलमा योगदान पु¥याउने प्रत्येक खेलाडीलाई हामी हार्दिक बधाई र धन्यवाद दिन चाहन्छौं । गत वर्षदेखि नै हामीले क्रिकेटप्रतिको उत्साहलाई अर्थपूर्ण सामाजिक कार्यमा जोड्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्दै आएका छौं । बाँकीका खेलहरू अझ रोमाञ्चक हुनेछन् भन्नेमा हामी विश्वस्त छौं, जसले खेल मात्र होइन, शिक्षामा हुने योगदानलाई पनि थप विस्तार गर्नेछ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन् ।

गत वर्ष, एनपीएलको पहिलो सिजनमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २ हजार ६१२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता बमोजिम २ हजार ६१२ सामग्रीसहित, फाउन्डेसनले देशभर ९ हजार भन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो ।

यो वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.