मंगलवार, कार्तिक ३,२०८३ 03:17:01
  • मंगलवार, कार्तिक ३,२०८३ 03:17:01
Global IME Bank Limited

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Bizshala
सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ कम्पनीले गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गरेको थियो ।

कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू. १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर  निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वसाधारणलाई छुट्याइएको मध्ये वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको आधारमा सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रको लागि छुट्याइएको करोड कित्ता मध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. १ को  स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अति प्रभावित वडाहरु बाहेक अन्य वडाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता साधारण सेयर निष्काशन गरिएको छ र बाँकी १० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ रकमबराबरको रु.१०० अंकित दरको १ करोड कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन्।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ निष्कासन गत मंसिर १० गते बन्द गरिसकेको छ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.