काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)मा विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको २.३२ प्रतिशत अर्थात ११ लाख ६० हजार कित्ता सेयर बिक्री गरिने भएको छ ।
उक्त सेयरहरु आगामी पुस १० गतेदेखि बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीलाई उक्त सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले गत भदौ ५ गते सैद्धान्तिक स्वीकृती प्रदान गरेको थियो । यस्तै नेपाल धितोपत्र बोर्डले समेत गत मंसिर ५ गते अनुमति दिएको थियो ।

