बुधबार, भाद्र ३,२०८३ 03:52:34
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:52:34
Bizshala
Global IME Bank Limited

चिरख्वा हाइड्रो: लाभांश नदिने, ऋण तिर्न हकप्रदको भारी बोकाउने

चिरख्वा हाइड्रो: लाभांश नदिने, ऋण तिर्न हकप्रदको भारी बोकाउने
New Office

काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमीटेडले लगानीकर्तालाई लाभांश नदिने भएको छ । तर पछिल्लो समय चलेको लहरलाई पछ्याउँदै यो कम्पनीले पनि लगानीकर्तालाई सतप्रतिशत हकप्रदको भारी बोकाउने घोषणा गरेको छ । 

Bizshala
CG Motors

कम्पनीले सातौं वार्षिक साधारणसभा घोषणा गर्दै त्यसको विशेष प्रस्तावको रुपमा हाल कायम चुक्तापूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारीको बुँदा राखेको हो । हाल कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेर त्यसलाई ८० करोड पुर्याउने कम्पनीको योजना छ ।  

हकप्रदको भारी थोपरेर कम्पनीले ऋण तिर्ने योजना बनाएको छ । विशेष प्रस्तावको रुपमा ऋण तिर्ने विषय समेत समेटिएको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट लगानीकर्तालाई कुनै लाभांश नदिने समेत साधारणसभाको सूचनामा उल्लेख गरिएको छ । 

साधारणसभा आगामी पुस २३ गते, बुधबार बिहान १० बजे काठमाण्डौको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा आह्वान गरिएको छ ।  

साधारणसभा प्रयोजनका लागि पुस १३ गते एकदिन बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ पुस १२ गतेसम्म कायम सेयरधनीले यो कम्पनीको साधारणसभामा सहभागी हुन पाउनेछन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.