मंगलवार, श्रावण १९,२०८३ 12:53:50
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:53:50
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि पुस ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि पुस ७ गतेदेखि आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले पुस ७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गर्न लागेको हो ।  

कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरिएकोमा सो को प्रि–अलोटमेन्ट भईसकेको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयरहरु सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यो आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ ।  

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते हुनेछ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले गत मंसिर २२ गतेदेखि पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका लागि यसअघि आईपीओ जारी गरिसकेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.