सोमबार, फाल्गुन ४,२०८२ 02:22:33
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:22:33
Bizshala
Global IME Bank Limited

हालसम्म एक दर्जन लघुवित्तले गरे लाभांश घोषणा, क्षमताअनुसार गरेनन् प्रस्ताव

हालसम्म एक दर्जन लघुवित्तले गरे लाभांश घोषणा, क्षमताअनुसार गरेनन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । लाभांश सिजन सुरु भएसँगै हालसम्म एक दर्जन लघुवित्त वित्तीय संस्थाहरुले गत आवको संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेका छन् ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लघुवित्त समूहका संस्थाहरु राम्रै लाभांश बाँड्ने समूहमा पर्छन् । तर केही वर्षयता नेपाल राष्ट्र बैंकले बढ्दो खराब कर्जा अनुपातको कारण लघुवित्त संस्थाहरुलाई लाभांश वितरणमा कडाई गर्दै आइरहेको छ ।

नेप्सेमा कुल ५० वटा लघुवित्त संस्था सूचीकृत रहेकोमा ग्रामिण विकास लघुवित्त र समाज लघुवित्त संस्था एकआपसमा मर्ज हुन लागेकाले नेप्सेले यी दुबै संस्थाको सेयर कारोबार रोक्का गरिदिएको छ । हाल ४८ लघुवित्त संस्थामध्ये १२ संस्थाले भने लाभांश घोषणा गरिसकेका छन् भने अझै ३६ संस्थाले सो सम्बन्धी निर्णय गर्न बाँकी नै छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरुले लाभांश घोषणा गर्दा लाभांश वितरणपछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपात (एनपीएल)लाई आधार मानेर राष्ट्र बैंकले तोकेको सीमाभित्र रही लाभांश वितरण गर्नुपर्नेछ ।

गत आवको असार मसान्तसम्ममा १५ प्रतिशतभन्दा बढी एनपीएल रहेका संस्थाहरुले भने कुनै खालको लाभांश बाँड्न नपाउने राष्ट्र बैंकले जनाएको छ । गत आवको अन्त्यसम्मको वित्तीय विवरणअनुसार नेष्डो समृद्ध लघुवित्त र एनआइसी एशिया लघुवित्तको एनपीएल १५ प्रतिशतभन्दा बढी छ, सो बमोजिम यी संस्थाहरुले यो वर्षको लागि कुनै खालको लाभांश बाँड्न पाउने छैनन् ।  

राष्ट्र बैंकका अनुसार ५ प्रतिशतभन्दा थोरै एनपीएल भएका संस्थाहरुको १२ प्रतिशतभन्दा बढी पुँजीकोष अनुपात भएमा मात्रै २५ प्रतिशत लाभांश वितरण गर्न पाउनेछन् ।  

साथै, ५ प्रतिशत एनपीएल भएका लघुवित्तहरुको १० देखि १२ प्रतिशतसम्म पुँजीकोष भएमा २० प्रतिशत र ८ देखि १० प्रतिशत पुँजीकोष भएमा १५ प्रतिशत लाभांश वितरण गर्न पाउने व्यवस्था छ ।  

यता ५ देखि १० प्रतिशत एनपीएल भएका संस्थाहरुको हकमा १२ प्रतिशत पुँजीकोष भएमा २० प्रतिशत लाभांश, १० देखि १२ प्रतिशतसम्म पुँजीकोष भएमा १५ प्रतिशत र ८–१० प्रतिशतसम्म पुँजीकोष भएमा १० प्रतिशत लाभांश वितरण गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।  

त्यस्तै, १० देखि १५ प्रतिशतसम्म एनपीएल रहेका संस्थाहरुको हकमा भने १२ प्रतिशत पुँजीकोष भएमा १५ प्रतिशत, १० देखि १२ प्रतिशत पुँजीकोष भएमा १० प्रतिशत र ८ देखि १० प्रतिशतसम्म पुुँजीकोष भएमा ५ प्रतिशत मात्रै लाभांश वितरण गर्न पाइनेछ ।  

राष्ट्र बैंकको अधिनमा रहेर लघुवित्त संस्थाहरुले आफ्नो क्षमताअनुसारको लाभांश प्रस्ताव गरेका छैनन् । संस्थाहरुको लाभांश क्षमता बढी रहेपनि केन्द्रीय बैंकले तोकेबमोजिमको पूँजीकोष अनुपात र एनपीएल कायम भएपनि संस्थाहरुले न्यून लाभांश प्रस्ताव गरिरहेका छन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

राष्ट्र बैंकका अनुसार खराब कर्जा अनुपात र पुँजीकोष अनुपातको आधारमा २५ प्रतिशत लाभांश बाँड्न पाउने संस्थाहरु ८ मात्रै छन् । तर यी संस्थाहरुले वित्तीय विवरणमा छुट्याएको वितरणयोग्य मुनाफाको आधारमा भने तीन संस्था मात्रै २५ प्रतिशत लाभांश बाँड्न योग्य देखिएका छन् ।  

जसमा छिमेक लघुवित्त, साना किसान विकास लघुवित्त र जीवन विकास लघुवित्त रहेकोमा छिमेक लघुवित्तले मात्रै क्षमताको आधारमा लाभांश प्रस्तावा गरेको छ । यता साना किसान र जीवन विकासले २५ प्रतिशतको क्षमता भएपनि १५ प्रतिशत दरले लाभांश प्रस्ताव गरेका छन् ।

साथै २० प्रतिशतसम्म लाभाश बाँड्न पाउने संस्थाहरुको संख्या भने ११ रहेको छ । तर ती संस्थाहरुको लाभांश क्षमताको आधारमा भने ५ कम्पनी मात्रै सो प्रतिशत लाभांश बाँड्न योग्य देखिएका छन् । जसमा ग्लोबल आइएमई लघुवित्त, नेशनल लघुवित्त, महुली लघुवित्त, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्त रहेका छन् ।  

जसमध्ये दुई संस्थाले मात्रै हालसम्म लाभांश घोषणा गरेका छन् । डिप्रोक्स लघुवित्त र नेशनल लघुवित्तले २० प्रतिशतसम्म लाभांश घोषणा गर्न क्षमता राखेपनि १५ प्रतिशतका दरले लाभांश प्रस्ताव गरेका छन् ।

साथै राष्ट्र बैंकका अनुसार १५ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने संस्थाहरुमा भने १९ वटा संस्था छन् । तर यी संस्थाहरुको लाभांश क्षमताको आधारमा भने ९ संस्थाले मात्रै सो प्रतिशत लाभांश दिन सक्नेछन् ।  

जसमा महिला, स्वाभिमान, आशा, गणपति, सिवाइसी नेपाल, उन्नती सहकार्य, इन्फिनिटी, स्वरोजगार र स्वाभिमान लघुवित्त रहेका छन् । जसमध्ये आशा लघुवित्त र स्वभिमान लघुवित्तले लाभांश घोषणा गरेका छन् । यी संस्थाहरुले पनि १५ प्रतिशतसम्मको लाभांश क्षमता राखेपनि १० प्रतिशतको दरले लाभांश प्रस्ताव गरेका छन् ।

यसका साथै १० प्रतिशत लाभांश बाँड्न पाउने संस्थाहरुमा भने ७ वटा संस्था रहेकोमा ४ ले मात्रै सो प्रतिशत लाभांश दिन सक्नेछन् । जसमा हिमालयन, सम्पदा, मानुषी र श्रृजनशील लघुवित्त रहेका छन् । अहिलेसम्ममा हिमालयन लघुवित्तले मात्रै लाभांश घोषणा गरेको छ । संस्थाले जम्मा ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  

यसबाहेक नेरुडे लघुवित्त, युनिक नेपाल लघुवित्त र नाडेप लघुवित्तले भने एनपीएल र पुँजीकोष अनुपातको आधारमा जम्मा ५ प्रतिशत मात्रै लाभांश बाँड्न पाउनेछन् ।  

साथै, राष्ट्र बैंकका अनुसार संस्थाहरुले खराब कर्जा अनुपात र पुँजीकोष अनुपातको आधारमा लाभांश क्षमता बढी भएपनि सोही सीमाभित्र रहेर मात्रै लाभांश बाँड्न सक्नेछन् ।

 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.